आइतवारदेखि १५ दिन अत्यावश्यक बाहेकका सेवा स्थगित

काठमाडौं । कोभिड १९ संक्रमण बढेको भन्दै उपत्यकाको जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा १५ दिनसम्म स्थगित गरिने भएको छ ।

काठमाडौं उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को आजको संयुक्त बैठकले शान्ति सुरक्षा अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरेको हो । बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।

अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका कार्यालयहरु तथा भिडभाड हुने कार्यालयहरुमा पनि यस्तै मापदण्ड लागू गर्ने पर्ने निष्कर्ष निकालेको उहाँले बताउनुभयो । जसको जिम्मा कार्यालय प्रमुखलाई दिइएको हो । बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने निर्णय गरेको छ ।

सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि बैठकको निर्णय छ ।

तपाइको प्रतिक्रिया