अस्ट्रेलियामा फेरी एक नेपाली विद्यार्थीको निधन

सिड्नी। अस्ट्रेलियामा एक नेपाली विद्यार्थीको निधन भएको छ। किर्तिपुर घर भएकी सुष्मिता कपाली मृत अवस्थामा भेटिएकी हुन्।

सुष्मिता २०२० को भेब्रुअरिमा अस्ट्रेलिया आएकी थिइन्। विद्यार्थी भिसामा आएर यहाँ मेहनत गरिरहेकी उनी न्यू साउथ वेल्स स्थित लेनकोभ नर्थमा बस्दै आएकी थिइन्। सुष्मिता निधनको खबरले आश्चर्यमा परिरहेको उनका नजिकका साथीहरुले बताइरहेका छन्।

सुष्मिताको शव नेपाल पठाउनका लागि न्यु साउथ वेल्सको गैर आवासिय नेपाली संघले गो फण्ड मी मार्फत सहयोग अभियान संचालन गरिएको छ। उनको परिवारको आर्थिक स्थिति बलियो नभएकोले सहयोग गरिदिन सबैलाई अपिल गरिएको छ।

तपाइको प्रतिक्रिया