अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रवेश अनुमति दिने जापानको तयारी

टोक्यो। जापानले अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रवेश अनुमति दिने तयारी गरेको छ। हाल कोभिड-१९ को ओमिक्रोन भेरियन्ट अधिकांश देशमा फैलिएकोले जापानले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि ढोका बन्द गरेको छ। तर अन्तर्राष्ट्रिय विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै जापान सरकारले विद्यार्थी भित्र्याउने तयारी गरेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्।

जापान सरकारको योजना अनुसार, पहिलो चरणमा सरकारी छात्रवृत्ति प्राप्त एक सय जना विद्यार्थीलाई प्रवेश अनुमति दिइनेछ। यो पहिलो चरण फेब्रुअरी महिनामा लागु गरिनेछ। ती विद्यार्थीहरु १० दिनसम्म आइसोलेसनमा बस्नुपर्नेछ।

पहिलो चरणमा ती विद्यार्थीहरु पर्नेछन्, जो आफ्नो देशबाट नै जापानको युनिभर्सिटीको अनलाइन कक्षा लिइरहेका छन् र उनीहरुलाई प्रत्यक्ष सहभागीमूलक कक्षाको खाँचो छ। यसरि हेर्दा सुरुमा विज्ञान क्षेत्रका विद्यार्थीहरु पर्ने अनुमान गरिएको छ।

त्यस पश्चात विद्यार्थीको देशमा र जापानमा कोभिड-१९ संक्रमणको स्थितिको मूल्यांकन गरि अन्य चरणबारे निर्णय गरिने बताइएको छ।

तपाइको प्रतिक्रिया