अमेरिकामा विपद घोषणा

एजेन्सी । अमेरिकाले देशको क्यालिफोर्नियास्थित जंगलमा फैलिएको डढेलोलाई प्रमुख विपद घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मानव बस्तीलाई नै असर गर्ने गरी डढेलो फैलिएको भन्दै प्रमुख विपद घोषणा गरेका हुन् । डढेलो नियन्त्रण तथा राहत र उद्धारका लागि केन्द्र सरकारबाट बजेट पनि निकासा गर्ने ट्रम्पले बताएका छन् ।

क्यालिफोर्नियाका विभिन्न ५८५ स्थानमा डढेलो फैलिएको छ । आगो नियन्त्रणमा लिनका लागि १४ हजार भन्दा बढी अग्निनियन्त्रक खटिएका छन् । तीव्र गतिमा चलेको हावाका कारण आगो नियन्त्रणमा लिन समस्या भएको छ ।

आगलागीका कारण अहिलेसम्म कम्तीमा ६ जनाको मृत्यु भएको छ । हजारौँ मानिस बिस्थापित भएका छन् । डढेलोका कारण पहाडी तथा ग्रामीण क्षेत्रमा बढी प्रभाव परेको छ ।

तपाइको प्रतिक्रिया